Android फोनको लागी उत्तम छ Processor कुन हो ? एन्ड्रोइड को लागी सबै भन्दा राम्रो प्रोसेसर को विश्वव्यापी रूपमा, सबैभन्दा लोकप्रिय तीन प्रकारका प्रोसेसरहरू Qualcomm Snapdragon, HUAWEI Kirin, MediaTek हुन् ।
एन्ड्रोइडको लागि सबै भन्दा राम्रो र भरपर्दो भनेको Qualcomm Snapdragon प्रोसेसर हो । आउनुहोस् यसको कारण र फाइदाहरु जानौँ ।
अझै पनि सबैजनासँग महङ्गा फोनहरू मात्र हुँदैनन् । मध्यम स्तरमा सबै भन्दा राम्रो प्रोसेसर मध्य एक Qualcomm Snapdragon हो, यद्यपि तलका तीनै Processor ले मध्यम स्तरका फोनमा राम्रो Performance दिन्छ ।
Best Processors:
Qualcomm Snapdragon
HUAWEI Kirin
Media Tek
Qualcomm Snapdragon
- सर्वप्रथम त यो प्रयोगकर्ताको लागि पहिलो रोजाइमा पर्दछ ।
- Qualcomm ले विशेषगरी सजिलो, सुरक्षित, र राम्रो ग्राफिक्स प्रदान गर्दछ ।
- यसमा Multi Core CPU उपलब्ध छ । यसको सीधा असर एकैपटक एक भन्दा धेरै कार्य गर्दा पाउन सकिन्छ सकिन्छ । साथै तपाईको फोनमा अचानक Hang हुने समस्या पनि हुँदैन ।
- Snapdragon QSD8250 पहिलो प्रोसेसर हो जुन A.d.2007 मा तयार पारी प्रयोगमा ल्याइयएको थियो ।
- Qualcom Snapdragon को हालको कम्पनी Scorpion processors हो ।
- मध्यमस्तरको फोनको बारेमा कुरा गर्छौं भने पनी Qualcom Snapdragon processor लाई राम्रो मानिन्छ ।
- मध्यमस्तरको फोनहरूमा पनि, धेरै ग्राफिक्स भएका गेमहरू खेलिरहेको छ वा एक भन्दा बढि कार्यहरु एकैसाथ गरीरहेको छ, यसमा कुनै असर पर्दैन ।
- यसमा ब्याट्री चार्जिंग छिटो हुनुका साथै Display लाई Processor संग Optimize गर्दा पनि Qualcomm अगाडी आउछ ।
- Qualcom Snapdragon 888 हालको प्रोसेसर हो । जुन एक प्रीमियम छन् प्रोसेसर हो । साथै यसको AI Optimization र फोनको Performance ले गर्दा प्रयोगकर्तालाई नयाँ अनुभव दिन्छ ।
HUAWEI Kirin
- HUAWEI Kirin प्रोसेसर पनि यसको Performance को कारणले गर्दा उत्क्रिष्ट मानिन्छ ।
- यो प्रोसेसर HUAWEI को HI Silicon, एक सेमीकन्डक्टर कम्पनी द्वारा निर्माण भएकोे हो । यो केहि वर्षदेखि मात्र प्रयोग आएको छ ।
- यसलाई पनि एक उत्कृष्ट प्रोसेसर मानिन्छ ।
- यो तपाइले HUAWEI फोनमा मात्र पाउनुहुन्छ ।
- यसको सबैभन्दा ठूलो कमजोरी यो हो कि यस कम्पनीको बिरूद्ध प्रयोगकर्ता डेटा चोरीको बारेमा धेरै आरोपहरु लागेका छन् ।
- यसको Performance र प्रयोगकर्ताहरुको अनुभव धेरै राम्रो छ ।
Media Tek
- Media Tek एक Taiwan सेमीकन्डक्टर कम्पनी हो । जसको स्थापना A.d.1997 मा भएको थियो ।
- यो प्रोसेसरको सबैभन्दा ठूलो गल्ति यहि हो जुन यस प्रोसेसरको सुरुवाती चरणमा धेरै फोनहरूमा समस्या आएको थियो, यी प्रोसेसरहरू ब्याट्रीसँग राम्ररी Optimization भएको थिएन साथै स साना गल्तिहरु पनि धेरैनै पाइएको थियो, यिनै विविध कारणहरुले गर्दा यसको मूल्य पनि अन्यको भन्दा निकै सस्तो भएको मानिन्छ ।
- हालैमात्र बजारमा आएको MediaTek Dimensity 5G को चर्चा पनि निकै पाइएको छ कि यो प्रोसेसर एकदम शक्तिशाली छ । र प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । तर बजार मा यसको मूल्य धेरै बढी रहेको छ ।
Conclusion
यी तीन कम्पनीहरु को प्रोसेसर धेरै कुराहरुमा समान त छ, तर जब मध्यम स्तरका फोनहरूको कुरा आउँछ, तब Qualcomm Snapdragon लाई नै उत्तम मानिन्छ । जुन Performance होस वा CPU सङ्ग सम्वन्धित कुराहरु, मेरो विचारमा, Battery Performance, Display, Optimizations को लागि Qualcom Snapdragon Processer नै ठिक छ ।
read also Plane Crashes in Nepal