Clubhouse के हो र यसले कसरी काम गर्छ

Clubhouse एक नयाँ प्रकारको सामाजिक सञ्जाल हो जुन पूर्ण रूपमा Voice मा आधारित छ। यसले मानिसहरुलाई एउटा Platform प्रदान गर्छ थुप्रै व्यक्तीहरू मिलेर एकसाथ कुराकानी गर्न सकिन्छ, अरूलाई सुन्न सकिन्छ र अर्कोबाट केही कुरा सिक्न सकिन्छ। यो सबै चीज़ एकैसाथ Real-Time मा गर्न सकिन्छ।

के तपाई पनि Social Media मा धेरै समय बिताउनुहुन्छ ? त्यसो हो भने तपाइले “Clubhouse App” को बारे मा त पक्कै सुन्नुभएको होला तपाई पनि यो App को बारेमा जान्न इच्छुक हुनुहुन्छ आउनुहोस् यो किन दिन प्रतिदिन लोकप्रिय हुदै गहिरहेको छ, यसको बारेमा जान्ने कोशिष गरौँ ।

जसरी Social Media प्लेटफार्मको CRAZ दिनदिनै बढ्दै गहिरहेको छ, हर कोहि सँग कुराकानि गर्न सहज र सजिलो होस् भन्ने चाहाना हुन्छ नै त्यसै मध्यको एक Clubhouse App पनि हो । यो App अरू Apps को तुलनामा निकै फरक रहेको छ । तपाईंले यसमा Audio मार्फत गरेर आफ्ना साथीहरू, परिवार र अन्य मानिसहरूसँग कुराकानी गर्न सक्नुहुन्छ ।

क्लब हाउस के हो – What is Clubhouse ?

क्लब हाउस एक Audio मा आधारित सोशल नेटवर्किंग एप हो। यो एप प्रयोग गरेर अडियो कुराकानी गर्न सकिन्छ। हामी जस्तै टेक्स्ट म्यासेज च्याट गरेर यस्तै भ्वाइस कल गरेर अडियो च्याट गर्न सक्छौँ र सुन्न सक्छौँ, तर एपमा कुनै पनि फोटो, भिडियो वा टेक्स्ट म्यासेज शेयर गर्न सक्दैनौँ ।

क्लबहाउस एप को April 2020 मा लन्च गरिएको थियो जसको सुबिधा आईफोन प्रयोगकर्ताहरुका लागि मात्र सुरु गरिएको थियो । पछि यो सुविधा एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि उपलब्ध गराइयो, यसको प्रयोग गर्नको लागि त्यो User द्वारा Invitation दिइन्छ जो पहिले नै यसको Member छ, त्यसको बावजुद तपाइ पनि यसलाई प्रयोग गर्न सक्नुहुन्छ ।

यो एप्लिकेसन भित्र अलग-अलग विषयका लागि Room बनिरहेको हुन्छ। जहाँ प्रयोगकर्ता अडियो च्याटिङ द्वारा कुनै पनि विशेष शीर्षक को बारे मा सुन्न र आफ्नो विचार व्यक्त गर्न सक्नुहुन्छ ।

Clubhouse को विशेषताहरू

क्लबहाउस एपको विशेषताहरू निम्न प्रकारका छन् ।

  • Activity Feed
     यो App को प्रमुख बिषेशता Notification लाई सरल बनाउँछ।
  • Connect too Social Media Accounts
      हामी हाम्रो अन्य Social media Account लाई केहि समयमै Clubhouse App मा जोड्न सक्छौं ।
  • Contacts
     तपाईं आफ्नो रुचीको आधारमा च्याट रुममा आफ्ना साथीहरू जोड्न सक्नुहुन्छ वा सम्पर्क सूचीबाट मानिसहरूलाई पनि Invite गर्न सक्नुहुन्छ।
  • Language Filters
     प्रयोगकर्ताहरूले आफुलाई इच्छ्या लागेअनुसारको भाषा चयन गरी जोडिन सक्छन् ।
  • Share Link And URL
    प्रयोगकर्ताले Clubhouse profile मा आफ्नो Blog URL, Social media links, Company website पनि Share गर्न सक्छन् ।
  • Add Your Interest
     जुन विषयहरूमा प्रयोगकर्ताहरूको बढी रुचि छ उनीहरूलाई यो सुविधाको लागि धेरै मद्दत गर्दछ। 

 

क्लब हाउस डाउनलोड कसरी गर्ने ? 

Clubhouse डाउनलोड गर्नका लागि अगाडि बताउने Steps फलो गर्नुहोस्।

1. सबैभन्दा पहिले तपाईको फोन गुगल प्ले स्टोरमा जानुहोस्।

2. त्यसपछी Search Box मा Clubhouse लेख्नुहोस् and Search गर्नुहोस् ।

3. अब Install बटनमा क्लिक गर्नुहोस् । 

4 . Install बटनमा क्लिक गरेपछि यो तपाईंको फोनमा डाउनलोड हुनेछ।

5. डाउनलोड गरेपछि तपाइँको क्लबहाउस एप Open गरी प्रयोग गर्न सक्नुहुन्छ।

 

Shortcuts Key For Windows

1 thought on “Clubhouse के हो र यसले कसरी काम गर्छ”

  1. सान्दर्भिक लाग्यो अझै यस्तै यस्तै सामग्री हरु पोस्ट गर्नु होला

    Reply

Leave a Comment